घर जग्गा कारोबार : नेपाल र अमेरिका बीचमा के छ अन्तर, नेपालले सिक्न सक्छ धेरै

नेपालमा जस्तो घर जग्गा कारोबारमा दलालि अमेरिकामा चल्दैन​। कानुन छ​, कानुन सम्मत प्राप्त हुने सुबिधा बाहेक असाध्यै धेरै दलालि, मुल्य अपचलन​, मुल्य निर्धारण एबम बेच बिखनमा लुट चल्दैन​।

अमेरिकामा कुनै घर जग्गाको मुल्य राज्य सरकार​, सघिय सरकार​, सिटी एबम ‘काउन्टी’को कर कार्यालयको निर्धारित कर मुल्यभन्दा दायाँबायाँ गर्न मिल्दैन तर घर जग्गा, आय आर्जन​, कमाइको आधारमा त्यसको लोकप्रियता हेरेर केहि तलमाथि गरिए पनि मुलत सघिय​, राज्य एबम स्थानिय कर निकायको मुल्य निर्धारण कै आधारमा किनबेचको मुल्य स्थापित गरिएको हुन्छ अमेरिकामा।

कुनै घर​, ब्यबसायिक  भवन, आवासीय भवन, कृषि भुमि, ‘रियल स्टेट प्रपर्टी’को मुख्य मुल्य भनेकै कर कार्यालयको ट्याक्स भ्याल्यु नै मुख्य आधार हो किनबेचको मुल्य भनेको।

नेपालमा जस्तो जग्गा किनेर​, घर किनेर केहि बर्षमा बेचि करोडपति होइएला र मनग्गे कमाउन सकिएला भनेर कसैले सपना देख्या छ भने अमेरिकाको हकमा यो मिथ्या हो। जग्गा वा आवाशीय सम्पति बेचबिखनमा उल्कै कमाइ हुन्छ र कमाउन सकिन्छ भन्ने सोच पनि गलत हो। यो आरामदायी कमाइ हो यस हकमा। मानौ कसैले जग्गा किनेर थुपार्छु, केहि समयमा बेचेर कमाउछु भन्लान​। दिमागमा के राख्नु भने यो यसबाट कमाउने निकै न्युन हुन्छ​। कुनै कम्पनिले भोलि किनिदेला, कुनै ठुला ब्यापारिक घराना वा ‘फ्रेन्चचाइज कम्पनि’ले किन्ला तर उनिहरुले किन्ने आधार र तिर्ने मुल्य भनेकै स्थानिय कर कार्यलयको कर मूल्य नै आधार हो। कहिले काहि आफुले किन्दा कर मूल्यभन्दा कममै डिल भ​एको छ​। सहुलियतमा पाइएको छ र बेच्दा चाहि करले तोकेको मुल्य वा सो भन्दा केहि रकम अतिरिक्त प्राप्त गर्न सकिएला तर त्यो बिरलै हुन्छ र ‘लोकेसन’ एबम खरिदकर्ताको ‘मुड’ एवम आबश्यकतामा भर पर्ने हुन्छ यस्तो अबस्थामा।

त्यसैले अमेरिकामा जग्गामा मात्रै डलर लगानि गर्दा एक त जोखिम हुन्छ नै किनभने समयमा बेच्न नसकिएला। आफ्नै ब्याक्तिगत प्रयोजन वा कमर्सियल प्रयोजनमा ल्याउने र उपयोग गर्ने अबस्थामा बाहेक जग्गामा डलर खन्याएर बेच्दा कमाउन सकिएका भन्ने सोच नराख्नु। डुबिएला होस गर्नु।

तर​, ब्यापारिक भवन एबम जायजेथामा चाहि अलि फरक छ​। बेलामा, बुद्दि पुर्याएर​, कमनसेन्स प्रयोग गरि अबस्था एबम परिस्थिति हेरि, ठाउँ एबम ‘प्रपर्टी’को अबस्था राम्रो रहेछ भने बेचबिखनमा मौका परे मनग्गे कमाउन सकिन्छ​। सेलरको बेचबिखनको बाध्यता, ‘लेन्डिङ्ग’ कम्पनिको अधिकरण​, ‘प्रपर्टि’को अबस्था र मर्मत सम्भार पछिको यसको चेहरा एबम बढ्न सक्ने वा डिमान्ड बढ्न सक्ने अबस्था रहे लगानि गरि बेच्दा मनग्गे कमाउन सकिन्छ​।

अझै ‘प्रपर्टी’को खरिद र स्वउपयोग गरि ब्यबसाय एबम ‘प्रपर्टी’ दुबै बेचबिखन गर्दा ठुलो कमाइ हुनसक्ने अबस्था रहनसक्छ वा ‘प्रपर्टी’ राखि ब्यबसाय मात्रै बेच्दा पनि उक्त ब्यबसायको गुडविल रकमबाटै ‘प्रपर्टी’को तिरेको रकम उठति भै ‘प्रपर्टि’ भाडामा दिदा चोखो मुनाफा एबम नियमित कमाइको आधार हुनसक्छ​। यो भनेको अति ‘स्मार्ट’ बाटो हो अमेरिकामा धनि बन्ने।

एउटा कुरा हेक्का र होस राख्नु। यदि कथमकदाचित तपाइले किनेको ‘प्रपर्टि’, सम्पति मुनाफाका हिसाबले गतिलै कमाइ हुने हिसाबमा आफुले खरिद गरेकै बर्षमा बेच्नु भयो भने राज्य एबम सघिय सरकारलाइ भारि कर तिर्नु पर्नेहुन्छ नाफाको रकमबाट। यसो भयो भने तपाइ उल्टै घाटामा जाने वा कमाइ नबच्न सक्छ​।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

सानुबाबु सिलवाल

लेखक अमेरिका निवासी, लेखक, ब्यबशायी, पत्रकार हुनुहुन्छ

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार