यता श्रीमानका बालबच्चा झन्डै-झन्डै हुर्किसकेका तर नेपालमा अर्कैको बेबी भएको ३ बेते महिलालार्ई बेग्लै भाडामा कोठा लिएर पालिरहेको अर्को फटाहा पनि एन आर एनको परिबर्तन र पारदर्शिताको नारा सहित काठमाडौँ पुगेछ । अब काठमाडौँमा त्यही महिलासङ्ग बस्छ र भएको डलर त्यहीँ स्वाहा पारेर एन आर एनको परिबर्तन गरी फर्कन्छ ।
४ थरिका एन आर एन नरनारीहरू अहिले नेपाल पुग्दैछन्, पुग्ने क्रममा छन् र पुगिसकेका छन् यिनका काष्ठमण्डप मेला भनौं कि, भेला भनौं कि या रत्यौली । जे सुकै भनिए पनि आम प्रबासिको मुद्दा, आबश्यकता र एजेन्डा बोकेर गएका चाहिँ पटक्कै होइनन् । स्यालहरूको गाँउमा कुखुरीको स्वभिमानलार्ई गिज्याइरहेको जस्तो लाग्छ यिनको काम गराई ।
एक खालका छन् उम्मेदवारहरू छन् जसलार्ई ऊ वा ऊनी किन उठ्दैछिन, केका लागि, आफ्नो हैसियत, क्षमता र लेभल पटक्कै सुहाउदैन । “क्रेडीट कार्ड“को ऋण बोकेर, ब्यापार ब्यबसायको घर्राको डलर, पैसा तानतुन सोहरेर, “पे चेक“को जम्मा भएको थोरै रकम र चोरेर, ठगेर, मागेर र उधारो गरि पाखुरा सुर्किएर लहै-लहैमा लागेर, लुतो झै पहिचान, नाम र देखासिकीमा उम्मेदवारी दिएर फेसबुक र सामाजिक सञ्जालमा आफै वा भाडाका मानिस वा आफन्त लगाएर प्रचारमा मग्न छन् ।
अर्को चाहि उम्मेद्वार वा अर्कैको हवाइ भाडा, होटेल, खानपिन र जाँडपानिको बन्दोबस्तिसहित अर्कैको वालेटमा मस्ति गर्न दौडेको देखेँ मैले ।
अर्को तहका मानिस छन् यहि मौकामा नेपालमा आफ्ना परिवार र आफन्त भाइसाथि भेटघाटका लागि मौकामा चौका हानि हालौँ भन्ने खालका दौडिएको देखँे मैले ।
अर्को ग्रुप छ श्रीमति यतै प्रबासमा छोडेर “गर्लफ्रेन्ड“सङ्ग मस्ति गर्न र श्रीमती श्रीमानलार्ई यतै छोडेर एन आर एनको अन्दोलनमा भेट भएका, प्रेम भएका र प्रेम मौलाउदै गरेको मौकामा उतै ब्वाइफ्रेन्डसँग मेजमानि र इन्टरटेन्मेन्ट गर्न कुदेको देखेको छु।
नेपाल जाने उम्मेदवार पुरुषका बग्रेल्ति “गर्लफ्रेन्ड“ उतै नेपालमा छन् । यतिबेला एन आर एनको भेलाका नाममा एकै गोलीबाट दुइ शिकार पड्काउने दाउमा नेपाल पुगेका छन् । जाँड खाएपछि यिनलाई २ खुट्टा उभिएको भए पुग्छ। एन आर एनको चुनाब होइन यो त यहि मौकामा मोज भेला र राती रम्ने मेला हो । अधिकाश दलालि गर्ने, नेपालका दलहरूका दले, झोले, दलाल र पिठ्ठुहरू छन् । यिनिहरू रातभर जाड खाने, रम्ने, गर्लफ्रेन्ड र ब्याइफ्रेन्डसङ्ग रामलिला गर्ने अनि बिहानै उठेपछि दलका नेता र तिनका दलालहरूलार्र्ई भेट्न तिनका निबासमा पुगेर सेल्फि र तस्बिर खिच्ने एबम आफ्नो औकात नेताहरूसङ्ग छ भन्ने समाजिक सन्जालमा प्रचार गर्ने उधुम चल्छ एक दुइ हप्ता।
यहाँ भित्र आम प्रबासिहरू, सोझासिधा प्रबासिहरूलार्ई ठग्ने, तिनका रकम चलाउने, तिनलाई मुर्गा बनाउने र तिनलाई शोषण गर्ने अभियन्ता नामका ठग र दलालहरूको बाहुल्यता छ भेलामा र अरु बाँकी केहि तिनका रमितेहरू छन् । यस्ता बर्गको भेलामा कुन खालको प्रबासिको, कस्ता खालका मुद्दामा छलफल र चिन्ता जाहेर होला तपाइँहरू आफै लख काट्नु होला ।
सन २००३ साल देखि आज २०२३ सालसम्म २० बर्षको अबधिमा ठग, हराम, तस्कर, शोषक र “करप्टेड“हरू मौलाउने र तिनिहरू मात्रै सँस्थामा बाँकि रहेको अबस्था बिध्यमान छ । राजनैतिक दल काङ्रेस, एमाले, माओबादी, राजाबादी र मण्डले समुहको प्रतिनिधित्व गरी नेपालका दलका नेताहरूको निर्देशनमा तिनैको आशिर्बाद बोकेर चुनाबमा उठ्ने तिनै दलालको सदस्यहरूलार्ई मतदान गरेर कुन प्रबासिहरूको हित, अधिकार र समुन्नति भयो २० बर्षमा तपाइँहरू आफै भन्नुहोला ।
प्रबासमा पुरानाले नयाँ प्रबासिहरूलार्ई ठग्ने, शोषण गर्ने र तिनलार्ई मुर्गा बनाउने, राजनैतिक दलको खोल ओढेर, प्रबासमा बसेको मुलुकको सरकारलार्ई कर छलेर, ढाँटेर र फट्ट्याईँ काम गरि कमाएको रकम “शो“ गर्ने र अरुका अगाडी आफ्नो हैसियत देखाउने बर्गले कुन चाहिँ साधारण प्रबासिको हित भयो आफैँ भन्नु होला ।
सुन काण्ड, तस्करिमा जेल परेको मानिस एउटा ठग्ने माओबादी सभापतिको उम्मेदवार, अर्को महिलालाई शोषण गर्ने, आफ्नै टिमको महिलालाई प्रेमको नाममा बर्बाद बनाउने अर्को सुकुलगुण्डा सभापतिको उम्मेदवार, दलका मानिस र दलको नेता कार्यकर्ता बोकेर हिँड्ने, आर्थिक अपचलक र श्रम शोषक सभापतिको अर्को उम्मेदवार, परोपकारको नाममा रकम उठाउने, शरिर र अङ्ग प्रदर्शन गर्ने र बेस र ज्ञान बिनाको सभापतिको अर्को उम्मेदवार ।
एकल उम्मेदवार वा समुह समुहको नाममा यी सबै घिउ चोर र फालि चोरका दस्ता एबम् टिम उम्मेदवार कोहि जग्गा दलाल, कोहि मानव तस्कर, कोहि “प्ले व्याइ“, कोहि श्रम र यौन शोषक, कोहि सोझासिधा प्रबासिहरूको नाममा तिनलाई ठग्ने, जँड्याहा र प्रबासका मुलुकका श्रम चोर, कर चोर र घर चोरहरू तिनका उम्मेदवार भनेपछि एन आर एन हाँक्ने कुन चाहिँ दुध र सुनले नुहाएका रहेछन त? अनि यस्ताहरूले हाक्ने सस्थाले आम प्रबासिको हित र कल्याण गर्छन् भन्ने तपाइहरूलार्ई लाग्छ?
चुनाबमा जित्नेले सँस्थाका नाममा हसुर्ने, सँस्थालार्ई ढाल बनाएर कमाउने र नाम प्रचार गर्ने र हार्नेहरू जित्नेलार्ई जसरी पनि सिध्याउन हाम्रो सहयोगका लागि गुहार्न आइपुग्छन् । त्यसैले यो सँस्थामा लागेर तपाइँको हित छैन । रमिते र आसेपासे बनेर समय, उमेर, अबसर र समुन्नति खेर नफाल्नु ।
अब मोज गर्ने, मेजमानि गर्ने र यौवन खेलाउने र उमेर एबम् सक्दासम्म इमोसन खन्याउने तिर्थस्थल वा चौतारिको सदुपयोग गर्ने भए त्यो अर्कै कुरा भयो । नत्र यो सँस्थामा लागेर आफ्नो र समाजको उन्नति खोजिरहनु भएको हो भने तपाइँ सोर्है आना भ्रममा पर्नु भयो भनेर जान्नुहोला । अर्को कुरा एन आर एन नागरिकता भनेर झुक्याउलान् तपाइँहरूलाई । त्यो सिर्फ परिचय पत्र हुनेछ जसको काम एयरपोर्टमा शुल्क डिस्काउन्ट हुनेछ त्यसका लागि तपाइले फुल फि परिचय पत्र लिँदा नै तिरिसकेको हुनुहुनेछ । नत्र अड्डा अदालत, कार्यालय वा कामकाजि सँस्था वा ब्यक्तिले त्यो परिचय पत्रको मुल्य काउन्ट गर्दैन । यो दलाल, फटाहा र हरामहरूले म्यानुपुलेट गरि अफवाह फैलाउने एउटा आधार मात्रै हुनेछ ।
नेपाल पुगेर भेलाका नाममा आफन्त र परिवार त भेट्नु होला तर एन आर एनका नाममा यत्तिका बर्ष खेति गरी होहल्ला गरी खाने दलाल बर्गबाट नबिटोलिनु । प्रबास वा जन्मभुमिमा भएका आफ्नै परिवार, श्रीमान, श्रीमती, बालबच्चाहरूलाई धोका दिएर, चिट गरेर, मेहनत गरी कमाएको रकम मोज गर्ने नाममा खन्याएर प्रबास नै फर्कने परिवार हराम, समाज हराम र प्रबासि हरामहरूलार्ई एन आर एनको नाममा आम प्रबासिहरूको नाम बेचेर खाने अधिकार पटक्कै छैन ।
यिनका मनमौजि भेलामा कोहि कसैले यिनका रास र लिला देखे भेटे वा पकडिए वा फेला परे तुरुन्त जानकारि गराउनु तिनका हाडछाला कसरी काढ्नु पर्छ त्यो जिम्मा हामिलार्ई छोडिदिनु ।
असलि, पिडित र अबसर एबम बाँच्नका लागि सघर्षरत प्रबासिहरू त प्रबासमै पिल्सिरहेका छन । तिनको आबाजबिहिन आवाजहरू कस्तो हुन्छ त्यो हामिलार्ई थाहा छ प्रबासिहरूलार्ई लुट्ने बर्ग एन आर एन ए लार्ई होइन । खाँट्टी प्रबासिहरूको खाँट्टी आबाज लेख्ने, बोल्ने र सम्बोधन चाहि हामि गर्छौ त्यो आबाजको जिम्मा हामिलार्ई नै छोडिदिनु ।