काठमाडौं । यस वर्षका लागि बीबीसीले निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ ।
नेपालबाट रुक्साना कपाली समेत समेटिएकी हुन् ।
यस्तै ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आउनु भएको थियो ।
कानूनकी विद्यार्थी उहाँले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । विशेषगरी बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।
यद्यपि १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत पर्न सफल भएका छन् ।