काम, श्रम र ‘फाइनान्सियल लायाबिलिटि’बाट लखतरान, थकित, शिथिल नेपालि अमेरिकनहरुलाई हँसाउने नाममा एउटा हाँस्य ‘कमेडि’ टोलि अहिले अमेरिकाको बिभिन्न शहरमा घुमफिर गर्दैरहेछ। हिजो नर्थक्यारोलिनाको मोरिसभिलमा पनि ति हाँस्य टोलिको स्तरहिन प्रदर्शन हेर्ने मौका जुट्यो।
स्तरहिन यस मानेमा कि यि टोलिसङ्ग मन खुल्ने, ‘एक्जिस्टिङ्ग सिनारियो’को प्रत्यक्ष परोक्ष कटाक्षता गर्लान र हसाउलान भन्ने लागेको थियो तर ति टोलिका कुनै पनि सदस्यसँग घत पर्ने गरि हसाउने सामाग्री नै छैन।
उनिहरुसँग राजनैतिक, आर्थिक एबम समसामयिक सामाजिक बिगत एबम बर्तमानलाई हास्य मार्फत झल्काउन सक्ने ‘कपासिटि’ नै देखिएन। हेर्दा लाग्थ्यो यिनिहरु कुनैपनि सदस्यसँग अध्ययन, बर्तमान बस्तुस्थितिको मुल्याङ्कन, अध्ययन र बिश्लेषण गर्ने ‘कपासिटि’ नै छैन।
गज्जबको कुरा यिनिहरु के बोल्दैथिए हसाउने नाममा त्यस कुराको पनि खासै ख्याल नहुनु भनेको यिनिहरु केटाकेटि र यिनका औकात भनेको कुनै श्रेणिबिहिन देखिन्थ्यो।
अमेरिकामा आएर श्रमजिबि ‘हार्डवर्किङ्ग’ नेपालिहरुको श्रम माथि नै औला उठाए त्यसको मतलब यिनिहरुलाई श्रमको मुल्य र सम्मान नै छैन। अमेरिकामा कुनै पनि श्रमको मुल्य र सम्मान हुन्छ भन्ने यिनलाई ख्याल नै छैन वा बुझ्नसक्ने हैसियत र ‘क्बालिफिकेसन’ नै छैन।
अमेरिकी दुताबास नेपालमा भिषा ‘एप्लाइ’ गरेको, फलानाले यस्तो भन्यो र उस्तो भन्यो भन्नुको मतलब अमेरिका आउने सपना नदेखेको, कागतालिमा भिषा हाता पारेको प्रसङ्गले यिनिहरु हास्यका लागि होइन अमेरिका आउनु आफ्नो सफलता देखेको यिनका अभिब्यक्तिले प्रष्ट हुन्थ्यो।
समाजको आखा भनिन्छ कमेडियनहरुलाई । उनिहरुसँग बर्तमान अबस्थाको लचिलो र स्तरिय एबम सामग्री पुर्णसहित प्रदर्शन र प्रस्तुती गहकिलो हुनुपर्ने हुन्छ तर यिनिहरुमा कुनै ‘कपासिटि’ नै देखिएन। ५० डलर ढोकामा उठाएर उठेको रकम मध्ये यिनका पारिश्रमिक जे जति पाए पनि, जुन जुन शहरमा गै प्रदर्शन गरिए पनि म्यासेज चाहि अमेरिका घुम्ने, अलिकति कमाउने र भबिष्यमा उस्तै परे अमेरिकन बसोबास थलो बनाउने यिनका आशय होला न होला तर यिनलाई अमेरिका ठेक्कामा ल्याउने, यिनलाई बिभिन्न शहर घुमाउने र प्रदर्शनको नाममा रकम ऊठाउने र कमाउने एबम मानव तस्करिको अर्को नियतको रुप भन्न सकिन्छ।
केटो सन्दिप क्षेत्रिको प्रदर्शनको दम्भ हेर्दा लाग्थ्यो नेपाली ‘अमेरिकन’ जो जो हेर्नका लागि आए ति सबै उल्लु हुन र आफु बाठो, चलाख र बठ्ठाइको घमण्ड उसको प्रदर्शनिमा देखिन्थ्यो।
कलाकार ल्याउने, रकम उठाउने, खल्तिमा हालिदिने, घुमाउने र अन्ततोगत्वा अमेरिकामा बसेका नेपालि गए गुज्रेका, पेट्रोल स्टेसन र रेष्टुरेन्टमा काम गर्ने, आखा पुछ्दै काममा दौडिने र यिनीहरु मान्छे नै होइनन् भन्ने नेपाल फर्केपछिको अभिब्यक्त गर्ने तप्काका यिनिहरु पनि हुन भन्ने यिनका अभिब्यक्तिमा पनि देख्न सकिन्थ्यो।
यिनका अभिब्यक्ति, यिनका शब्द छनौट, यिनका सामाग्रि, यिनले बोलेका र प्रसङ्गमा ल्याएका बस्तुस्थितिमा कुनै स्तर नै थिएन। मन खुलेर हास्नुपर्ने, घत पर्ने र मननिय कुराहरु शुन्य हुनु भनेको पेशागत हिसाबले यिनिहरुले हास्य बिधा सम्हाल्न र नेतृत्व गर्नसक्ने कुनै हैसियत नै पाइएन।
कसले अर्गानाइज्ड गर्यो, कसले ल्यायो यिनलाई र यिनिहरुलाई ‘शो’ गरि अमेरिकामा बसेका श्रमजिबि नेपालिहरुलाइ मुर्गा बनाउने, अबमुल्यन गर्ने र यिनीहरुबाटै रकम उठाएर मनमोजि बन्ने कलाकारहरुको अमेरिका ल्याउने धन्दा मानव तस्करि गर्ने मुल नियत र मक्सद रहेको बिगतमा कलाकार भित्र्याउने दलाल, ठग र तस्करहरुको धन्दा अबगत नै छदैछ।
स्वदेश एबम बिदेश भित्रका बर्तमान बिकृति, बिसङ्गति एबम बिचलनलाई स्तरिय रुपमा, गहन र गतिलो ढङ्गले झापड हान्ने र झल्काउमे गरि घत पर्ने हिसाबले प्रदर्शन गर्न सक्ने खुबि हुनुपर्छ हास्य कलाकारसङ्ग। तर यत्रो टिममा एउटासँग पनि यस्तो क्षमता शुन्य नै हुनु भनेको डलर र समय दुबै बर्बाद पार्नु हो।
हाँस्न र हासेर आफ्ना पिडा एबम ‘स्ट्रेस’ कम गर्न यति धेरै आतुर थिए कि बरु यिनका स्तर हेरेर हासे तर यिनका सामाग्रिबाट होइन।
यि कमेडियन दस्ताहरुको यस्तो स्तरहिन प्रदर्शन अब रोक र यिनलाई २-४ दिन घुमाएर नेपाल फर्काइदेउ। अमेरिकामा बस्ने नेपालिहरु यी बर्ग र यी बर्गलाई यसखाले धन्दामा लिप्त बनाई कमाइदिने भाडो होइनन। यसखाले प्रदर्शन भनेको स्तरहिन, सामाग्रिहिन र हेर्न लायक मान्न सकिदैन। हसाउने बर्ग अध्ययनशिल, बस्तुस्थिति बुझि समाजलाई आखा देखाउन सक्ने ‘कपासिटि’ हुनुपर्छ तर न यिनका स्तर भनेको यिनका प्रस्तुतिबाटै छर्लङ्ग छ। समय, डलरको बर्बादि मात्रै।