सरकारले थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी थाल्यो

काठमाडौं । पछिल्लो समय सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । विशेषगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको बताइएको छ ।

यद्यपि सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको थियो । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिइनु भयो ।

नेपाल सरकारले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको बताइएको छ । सम्झौताका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको हो । श्रम सम्झौता  देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्ने जनाइएको छ ।

श्रम सम्झौता गरेपछि ती मुलुकहरूमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने सह–सचिव पोखरेलले जानकारी दिइनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार