नेपालबाटै फ्रान्समा जागिर पाउने तरिका

(हामिले यो ‘सेक्सन’मा विभिन्न देशहरुले कामदार भिषाको लागि तयार गरेका विविध प्रक्रियाहरुको बारेमा छलफल गनेंछौं । नेपाली भाषि नागरिकका लागि सजिलो होस भनेर हामीले यो स्तम्भ सुरु गरेका हौँ,  हामीले  जानेसम्म  सहि श्रोत  प्रयोग गर्ने छौँ , स.)

यूरोपेली शक्तिशाली मुलुक फ्रान्सले विभिन्न देशबाट आएर काम गर्न चाहने विदेशी नागरिकका लागि आफ्नो देशको भिषा प्रक्रियालाई सहज बनाएको छ । सन् २०२२ मा मात्रै ३२०,००० विदेशी नागरिकलाई आफ्नो देशमा कामदार भिषाको लागि आमन्त्रण गरेको थियो । यो अधिल्लो बर्षको तुलनामा ३० प्रतिशतले  बढी हो ।

‘यूरोपीयन यूनियन’भन्दा बाहेकका नागरिकको लागि फ्रान्समा बैध तरिकाले काम गर्न कामदार अनुमति लिनु पर्ने हुन्छ । खास गरि फ्रान्समा ‘जव सिकर’ भिषा, ‘सिजनल’ भिषा आदि प्रचलनमा रहेका छन् ।

१. फ्रान्स ‘बिजनेस’ भिषा
यसका लागि तपाईले फ्रान्सको कुनै व्यापारी सँस्थाले तपाई आमन्त्रण गर्नुपर्ने हुन्छ । उसले पठाएको आमन्त्रण पत्र अनुसार तपाईले नजिकको दुताबासमा भिषा आवेदन दिन सक्नु हुन्छ । यस बाहेक, सेमिनार, व्यापारिक मेलाहरु, कन्फरेन्समा जानको लागि पनि व्यापारिक भिषा आवेदन गर्न सकिन्छ ।

२. ‘जव सिकर’ भिषा
यो भिषाको प्रयोजन फ्रान्समा गएर जागिर खोज्ने हो । यसका लागि फ्रान्स सरकारले फ्रान्सको कुनै विश्व बिद्यालयबाट व्याचलर वा मास्टर्सको अध्ययन सकेको ४ बर्ष नपुगेको हुनुपर्छ । आफ्नो देशको नजिकको देशबाट आवेदन गर्न सकिने यो भिषा प्राप्त गरिसकेपछि व्यक्तिले फ्रान्समा जागिर वा व्यापार सँचालन गर्न सक्छ । यसका साथै उसले बस्ने अनुमतिका लागि आवेदन दिन पछि सक्छ ।

३. तलबी जागिर भिषा
यो भिषा अन्तरगत फ्रान्सको कुनै कम्पनीले तपाई जागिर दिने भनेर तपाईलाई निमन्त्रणा दिएमा आवेदन गर्न सकिन्छ । यसका लागि

a. मौसमी कामदार आवेदन (यसका लागि फ्रान्समा भएका कुनै कृषि कम्पनी वा पर्यटन सम्बन्धी कम्पनीले तपाईलाई नियुक्त गर्न चाहेमा तपाईले ६ महिनासम्म काम गर्न पाउनु हुनेछ )
b. शिक्षकका लागि दिइने आवेदन
c. हवाइजहाज सम्बन्धी कामको आवेदन
d. ‘इन्टर्नसिप’ आवेदन
e. कलाकारिता गर्नेको लागि ‘मोडल’ वा त्यसको सहायक आवेदन
f. स्वास्थ्य पेशा सम्बन्धी आवेदन

शुल्क : यसका लागि तपाईले ‘भिषा फी’ ९९ यूरो तिर्नु पर्ने हुन्छ ।

(यो सबै प्रक्रिया आफैले पुरा गरेमा तपाईंले कसैलाई कुनै शुल्क तिर्नु पर्ने छैन)

श्रोत : opportunitiescorners.com

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार