बेलायतमा भिजिट भिषामा गएकाले पनि काम गर्न पाउने गरी नियम परिवर्तन हुँदै

काठमाडौं । बेलायतले आगामि जनवरी ३१ तरिकदेखि भिजिटर भिषामा बेलायत पुगेका सबै विदेशीहरुलाई निश्चित क्षेत्रमा काम गर्ने अनुमति दिने गरी अध्यागमन नियम परिवर्तन गर्ने भएको छ ।

समाचारमा बताइए अनुसार बेलायत यात्राका लागि गएका विदेशीहरु लागि ग्रामीण क्षेत्रमा गएर काम गर्न चाहनेका लागि यो नियम ल्याइएको हो ।

visaguide.world का अनुसार यस्तो नियम जनवरी ३१ २०२४ बाट लागु हुने छ ।

के के छन् त नयाँ नियममा

१. विदेशमा शाखा कार्यालय रहेका कम्पनीहरुले आफ्नो कामदारहरुलाई बेलायत बोलाउँदा उनीहरुलाई उस्तै प्रकारको काममा लगाउने सक्ने ।

२. १२ महिनाको रिसर्च भिषामा अप्लाइ गरेर बेलायत आएर रिसर्च गर्ने व्यक्ति बाहेक कुनै पनि बैज्ञानिक, अनुसन्धानकर्ता तथा शिक्षीत व्यक्तिले बेलायत भित्र रहेर काम गर्न पाउने ।

३.  वोकालती पेशामा रहेर काम गरेका व्यक्तिले बिशेषज्ञको हैसियतमा सल्लाह, सुझाव तथा कानुनी अभ्यास र अध्यापन  गर्न पाउने ।

The Permitter Paid Engagement (PPE) लाई ‘स्ट्याण्डर्ड भिजिटर भिषा’ रुटमा समायोजन गरिने छ । तर त्यसका लागि बेलायत आइपुगेको ३० दिन भित्र आफ्नो प्रक्रिया सुरु गरिसक्नु पर्ने छ ।

यसैबीच ‘चान्सलर अफ द इक्सचेक्वेर’ जेरेमी हन्टले सरकारले बिजनेस भिषामा व्यापक सुधार आउन लागेको बताउनु भएको छ ।

1 January 2024, livemint.com बाट सँपादीदत अँस)

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार