तीन स्वास्नीको पोइ, आपत् पर्दा सिलवाल खोई

भोलि देखि आउने बिहिबारसम्ममा ७५० क्यास नगद डलर कमाएर जम्मा पार्न सकिएन भने रिक्की स्वत: जेल चलान हुनुपर्नेछ​ । ३ वटा बच्चाका आमाहरूले रिक्कीको स्वतन्त्रतामा तगारो लगाइदिएका छन् अहिले।

३ जना बच्चाका आमाहरूबाट बिभिन्न समयमा जन्मिएका ४ बच्चाहरूको रेखदेख भरपोषण​, लालनपालनमा रिक्की पिताको हैसियतमा जिम्मेवारि बहन नगरेको आरोपमा तिनै बच्चाका आमाहरूले कानुनी लडाईं लडेका छन् । ‘चाइल्ड सपोर्ट पे’ नगरेको दोष र आरोपमा अब ७५० डलर ति बच्चाहरूको आमाको हातमा राख्न सकेन भने रिक्कीको जेलको यात्रा यो समेत गरि १४ पटक हुनेछ​ ।

उ एक हप्ताले पछाडि छ ‘चाइल्ड सपोर्ट’ अहिले मतलब २ हप्ताको ७५० डलर ‘पे’ गर्नु पर्नेछ उसले जसरि भ​एपनि आउने हप्ता सम्ममा । यो अदालतको आदेश हो । अदालतको आदेश पालना नगरे रिक्की स्थानिय प्रहरीमा शरणपरि हातमा हत्कडिका लागि उसले हात पसार्नु पर्नेछ र आनाकानि गरे, भागे वा अबज्ञा गरे प्रहरीले चार गौंडा कुरेर र ‘ट्र्याक’ गरेर भ​एपनि उसलाई पुतुर्कुक्याउने छ जेलमा ।

आज साँझ बिनम्रका साथ सोध्यो उसले मलाई ब्यबसायकै प्राङ्गणमा ।

‘हे सोनु! क्यान आइ टेक योर मोमन्ट​?’

मैले उसलाई  भने ‘गो हेड रिक्की’ ।

‘डु यु हाइभ एनि काइन्ड अफ ह्यान्डि जबर?’ ‘सो द्याट आइ क्यान मेक फ्यु हन्ड्रेड डलर फ्रम युर?’

उसलाई भने ‘आर यु ओके?’

किनभने उ हतास थियो, लामो लामो स्वास फेरिरहेको थियो? गोरा भ​एपनि उसको अनुहारमा कुनै चमक धमक वा उज्यालो पटक्कै थिएन​ । लाग्थ्यो कि ऊ ठुलै चपेटामा छ​ ।

उसलाई फेरि सोधे ‘आर यु अलराइट रिक्की?’

उसले खुईय्यय गर्दै भन्यो ‘नट रिअल्ली !’

उसले थप्यो ‘प्लिज सोनु, ‘सेभ माइ लाईफ’​। ‘इफ आइ डन्ट मेक ७५० डलर बाइ नेक्स्ट थर्सडे आइ विल हाभ नो च्वाइस, आइ विल बि लक्ट अप ​।’

मैले सोधे उसलाई रिक्की ‘आइ एम रनिङ्ग आउट टाइम​’। ‘टेल मि प्लिज क्यान आइ हेल्प यु आउट​र?

उसले थप्यो ‘एनि काइण्ड अफ जब, क्लिनिङ्ग​,  प्रेसर वासर​, ल्याण्डस्केपिङ्ग​, एनि उड जब ओर एनिथिङ्ग आइ निड इट​।’

त्यसपछि उसले फटाफट भन्दै गयो। ‘लिस्टन आइ लभ माइ फ्रिडम​। आइ डन्ट वाण्ट टु गो जेल​ ।’

मैले लख काट्न थाले यो पक्कै पनि कुनै कानुनि फन्दामा पर्यो। उसले थप्दै गयो र भन्दै गयो ‘आइ मोस्ट अर्न चाइल्ड सपोर्ट मनि।’

उसले हात समायो र भन्यो ‘म्यान, आइ नो इफ यु वान्ट यु क्यान गिभ मि जब​ ।’ उसको आखामा हेरिरहेको थिएँ । यसरी ‘इम्याजिन’ गर्न पुगेछु कि केहि मिनेटको मोजमस्तिले उसले बर्षौ बर्ष बच्चाको रेखदेख र पालनपोषणका लागि ‘चाइल्ड सपोर्ट’ तिरिरहनु पर्नेछ​ । बच्चाहरू १८ बर्ष नपुग्दासम्म यो त्रास र भय उसले व्यहोरिरहनु पर्नेछ​ । एकाहिसाबले उसको माया लागेर आयो र अर्का हिसाबले रिस पनि त्यत्तिकै ।

बाऊ भ​एर जेलको पिर र त्रासले मात्र आफ्नो रगतले जन्मिएका बच्चाहरूको रेखदेखप्रति उत्तरदायि बन्नु पर्ने हो र? जेल नजादै, ती आमाहरूले नमाग्दै उसले आफ्नो कर्तब्य पुरा गर्नु पर्ने हो।

मैले उसलाई भने ठिक छ मैले यसपटक तिमिलाई ७५० डलर बराबरको काम दिउँला तर यो दीर्घकालिन होइन​ । अर्को पटकको ‘पेमेन्ट’ चाहिँ कसरी गर्छौ त ?

उसले थप्यो ‘नेक्स्ट टाइम आइ विल आइभ मोर टायम टु फिगर आउट मोर अप्सन बट आइ निड टु सेभ माइसेल्फ दिस टाइम​।’

रिक्कीको रोदन​, पिडा र मर्मलाई आत्मसात् गर्दै उसलाई १ हजार डलरको काम दिएको छु । जसबाट ७५० डलर उसको ‘बेबि’हरूलाई ‘चाइल्ड सपोर्ट’ तिरोस् र २५० डलर उसलाई त्यतिबेलासम्म बाच्न पुगोस्।

उसले भन्ने ‘गड ब्लेस यु सोनु!’

मैले भनें ‘इट्स ओके।’ तर, उसले आफ्ना बच्चाका नाममा ‘पे’ गर्ने उक्त ‘चाइल्ड सपोर्ट’ ‘बेबि मम’हरूले दुरूपयोग गर्नेछन् ​। कानुन अन्धो छ तिर्नेले बाध्य भ​एर तिर्नु पर्नेछ तर तिरेको रकम ‘बेबि’का आमाहरूलाई उनिहरूको तजबिजमा खर्च हुने अधिकार पनि दिएको छ​। चाहे उनिहरूले बियर​, रक्सिमा खर्च गरून​, वा ‘ड्रक्स’मा वा कुनै अम्मली चिज धुम्रपान तर बेबिहरूले आफुले पाएको रकम आमाले ‘मिस्युज्ड’ गरेको सरकारी निकायमा उजुरी बाजुरी गरे ‘बेबि मम’हरू समस्यामा पर्नेछन् ।

रिक्की बिदा भ​एको छ, भोलिदेखि आउने बुधबारसम्म काम फत्ते गर्ने सर्त र खुशि सहित​ ।

रिक्की त बिदा भयो मेरा मनमा अझै खुल्दुलि र कौतिहलता घुमिरहेको छ​। सायद रिक्कीले मेरो जन्मभुमि नेपाल गै नेपालि नागरिकता पाउने थियो भने अमेरिकाबाटै ल्याक्ते,  झडकेलो ‘बेबि’हरूको ‘चाइल्ड सपोर्ट’ तिर्दै नतिरि, कानुन त र कानुन बाहिर गै बनाएका ‘बेबि’हरूको भरणपोषण र ‘चाइल्ड सपोर्ट’बाट भागि नेपाल गै बनिरहेको राष्ट्रिय नेताभन्दा अब्बल नेता बन्न सक्थ्यो कि भन्ने लाग्न थाल्यो। त्यही रिक्की अहिले अपराधि झै जीवन भोगिरहेको छ अमेरिकामा ।

अब अमेरिकामा ल्याइते र ब्याइतेबाट बच्चा जन्माउ, ‘चाइल्ड सपोर्ट’ नतिर​, रिक्की झै जेल जानै पर्दैन मेरो जन्मभुमिमा पुजीने र भगवान भन्ने अबसर चाही प्राप्त हुनसक्छ। अन्धाहरूको भगवान बन्न मात्र ‘बेबि’ बनाएर ‘चाइल्ड सपोर्ट’ नतिरि भागे पुग्छ​ ।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

सानु बाबु सिलवाल

अमेरिका निवासी सिलवाल ब्यबसाही, लेखक, पत्रकार तथा समाजसेवी हुन्

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार