अमेरिकामा ठग्ने पनि नेपाली ठगिने पनि नेपाली

चोरेर​, ढाँटेर​, ठगेर पनि जिन्दगि चल्छ र भन्यार? श्रम गर​, ‘हार्डवर्किङ्ग’ गर​। नखाए पो मरिन्छ काम गरेर मर्छ र मान्छे? आफ्नो श्रममा “प्राउड” गर्न सिक​। त्यहि मानिस हो आज भन्दा ठ्याक्कै ४ बर्ष अघि टेक्सासमा साधारण​, सोझो, सिधा र इमान्दार मानिसको गोजिमा भ​एको ३० हजार डलर ब्यबसायका नाममा ठग्दा पिडित पिडा सहित न्याय माग्न आएपछि तिनै पिडितलाइ ठग्ने पिडकलाई मैले यहि भाषामा थर्काइदिएको थिएँ त्यतिबेला।

त्यतिबेलै उसलाई  भनेको थिएँ आज तिमिले अरुलाइ ठग्दा ऊ पिडित भयो। भोलि तिमि ठगियौ भने चाहि के गर्छौर? कहाँ जान्छौ न्यायका लागिर? कहाँ जान्छौ पिडा बोकेर​र? त्यतिबेला उसले पुर्ण न्याय त गर्न सकेन पिडित माथि तर ‘मेजोरिटि” रकम फिर्ता गरिदिएको थियो। एउटा बचन​, एउटा आबाज र एउटा कलमको शक्ति थियो त्यो न्याय तर मेरो कारण पिडितका लागि प्राप्त उक्त न्यायको “क्रेडीट” वा “रिटर्न” मैले कहिल्लै खोजिन​। पिडितले ब्यक्त गरेको आभार नै मेरो आबाजबिहिनहरुका लागि थप आबाजको उत्प्रेरणा बन्यो र निरन्तरताको एउटा कसि थियो त्यो। यो त एउटा उदाहरण हो।

यहा प्रबासमा दिनदिनै पिडित हुन्छन आफ्नै नेपालिहरु आफ्नै नेपालिहरुबाट​। ठगिन्छन​, शोषणमा पर्छन​। दुर्ब्यबहारमा पर्छन​। नमिठो बोलि र ब्यबहारको मारमा जाकिन्छन​। पेलिन्छन​, हेपिन्छन र मान्छेले मान्छे नै गन्दैनन र मौका मिल्यो भने अबसर र लाभका लागि कर्के आखा घुमाइरहन्छन​।

४ बर्ष अघिको उहि ३० हजार डलरको पिडक मैले उसबेलै उसैलाई  भने झै आज दिउसो पिडा बोकेर मै कहाँ आइपुगेको छ​। अर्थात हिजोको पिडक आज पिडित बनेको छ। हिजो त्यहि पिडकका बिरुद्द पिडितलाई  न्याय दिन लागिपरेको मानिस आज फेरि अघिल्लो पिडक र अहिलेको पिडितका तर्फबाट अर्को पिडिकका बिरुद्द उभिन परेको छ​। घुमिफिरि रुम्जाटार भने झै पानि पछि घाम​, चिसो पछि तातो र दुखपछि सुख भने झै यो नियमित चक्रमा को कतिखेर कसबाट वा आफ्नैबाट वा आफ्नै वरिपरिकाबाट वा मार्फत पिडित बन्नुपर्ने हो कसलाई  के पो थाहा छ र? किन्न नसकिने, आङ्कलन गर्न नसकिने, सरसापट लिनदिन नमिल्ने र सधै आफ्ना सेरोफेरोमा राख्न नसकिने भनेकै समय हो।

त्यहि कुरा उसलाई  “रिपिट” गरिदिएको छु। हिजो उसले ३० हजार ठगेको थियो र आज उसलाई  अर्कोले ७० हजार ठगेको छ​। ठगको सङ्गत ठगसङ्गै, बदमासको सङ्गत बदमाससङ्गै र चोरको सङ्गत टिक्ने र चल्ने भनेकै चोरसङ्ग नै हो। बिशेषता र बिशेषणका कारण यि बर्गसङ्ग इमान्दार र गरिखाने अर्को बर्गसङ्ग हितैषिको “कमन ग्राउन्ड” भेट्नै सकिदैन भनेर बुझ्नु पर्ने हुन्छ​।

४ बर्ष अघिको पिडक आज जसरि पिडित बनेको छ र ४ बर्ष पछि आज पिडित बनि न्यायका लागि म कहाँ  आइपुगेको मानिसलाई  सहयोगको बचन दिएको छु। जसलाई  ७० हजार डलरको पिडित बनाइएको छ उक्त पिडक पनि फेरि कुनै समय पिडित बन्न नसक्ला भन्ने के छ र​? पिडकको नम्बर र नाम पाएको छु र उसलाई  भोलि सम्पर्क गरि यो केसको छिनोफानो र न्यायका लागि लड्नु पर्नेछ​। यसैलाई  भनिन्छ अङ्ग्रेजिमा “कर्मा कर्मा इज अ बिच​, विल कम ब्याक सुनर अर लेटर इभेन्ट्युअल्लि।”

डलर घर घरमै गै उठाएको, पसल पसलमै गै उठाएको, लोक सङ्गितको सरक्षणमा इमोसनल “ब्लाकमेलिङ्ग” गरि पिडित र असाहाय एबम दुखिलाई  बाड्ने भन्ने नाममा ठुलो रकम उठाई  एऊटा कलाकार नामको चिप्लो फर्किसके पनि उसको बिरुद्दमा २३ वटा उजुरि परेको छ​।

यति मात्रै होइन गित गाउने नाममा बच्चालाई  ह्रास गरिएको, महिलाहरुलाई  गिति शैलिमा दुर्ब्यबहार र अपशब्द प्रयोग गरिएको र रकम उठाइ “मनि लण्डरिङ्ग”को गैरकानुनि काम गरेको सङ्गै ३३ वटा भिडियो प्रमाण र उजुरिमा उल्लेख छ​। कसले कति डलर दियो? बिगत ३ बर्षमा उसलाई  कस-कसले रकम दुखि, गरिब र असाहायको नाममा पठाएको रकम कति बाडियो ति सबै लिष्ट देउ भन्दा उसले दिन मानेको छैन​। यसबारेमा पुर्ण रुपमा अर्को लेखमा लेख्नेछु।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

सानुबाबु सिलवाल

अमेरिका निवासी सिलवाल ब्यबसाही, लेखक, पत्रकार तथा समाजसेवी हुनुहुन्छ

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार