इजरायल प्यालेस्टाइन युद्धले शेयर बजारमा के असर पार्ला

लगातार लामो समयदेखि ओरालो लागेको नेप्से सेयर बजार दुइदिन पहिले झिनो अँकले उकालो लाग्न खोजेको थियो तर हिजो अर्थात २०८० असोज २५ गते फेरि २०.१६ अंकले तल झरेर नेप्से इन्डेक्स १८७४.६० बिन्दुमा आइपुगेको छ ।

नेपालको सेयरबजारमा प्रभाव पार्ने तत्वहरुमा देशको आन्तरिक क्रय शक्तिमा ह्रास, आयातमुखि अर्थतन्त्र, इन्धनमा निकै ठूलो मात्रामा पैसा बाहिरिनु पनि रहेको छ । यस बाहेक रसिया र युक्रेनको युद्धले थिलथिलो बनेको बाहिरि सँसारलाई इजरायल र प्यालेस्टाइनको युद्धले झनै थला पार्ने निश्चित देखिएको छ ।

के अव शेयर बजार बढ्दैन?

शेयर बजार देशको आर्थिक अवस्थाको सँकेतक पनि हो । यसले देशको आर्थिक अवस्था कतातिर जाँदैछ भन्ने पनि सँकेत गर्छ । नेपालको शेयर बजार लगायत बिश्वकै शेयर बजारलाई रसिया युक्रेनको युद्धले प्रभाव पारिरहेको अवस्थामा हामि त्यसबाट टाढा बस्न सकेनौँ यसैगरि इजरायल र प्यालेस्टाइनको युद्धले हामिलाई पनि नछोला भन्न सकिदैन यद्यपी युद्ध सुरु भएको अन्तिम ४ दिनसम्म पनि शेयरमा असर त परेको जस्तो भान भएको छैन तर पनि सर्तक हुन चाहिँ जरुरी छ ।

गत ५ दिन देखि अमेरिकि शेयर बजार NYSE २५६.६५ अंकले बढेकै छ । इजराइल र प्यालेस्टाइनको युद्धले सँसार ध्वस्त हुने हो भने सायद अमेरिकि बजार बढ्ने थिएन । इजराइल र प्यालेस्टाइनको युद्ध पहिले पनि भएको थियो अहिले पनि भएको छ । यस्तो अवस्थामा डराएर शेयर बेच्न पर्ने कारण छैन ।

यो बेला आफूसँग भएको शेयर नबेची पर्ख र हेरको अवस्थामा बस्न सकिन्छ । ISIS को युद्ध रोकियो, रसिया युक्रेनको युद्ध पनि मत्थर हुनै पर्छ, अव इजरायल प्यालेस्टाइनको युद्ध पनि रोकिने छ ।

युद्ध सधै भइरहने होइन, त्यसबेलासम्म पर्खिएर हेर्न सकिन्छ । आत्तिएर बेच्नेहरु पछि पछुताउनेछन् ।

(हामी सकारात्मक समाचार सम्प्रेषण गर्छौ )

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

मनोज गिरी

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार