मुक्तिनाथ केबुलकार बनाउन ५५ अर्ब लागत

५५ अर्ब रुपैयाँ लागतको मुक्तिनाथ केबुलकार बनाउन भारतीय कम्पनी के एन्ड आर रेल इन्जिनियरिङले लगानी गर्ने भएको छ ।

भारतको हैदरवादमा रहेको के एन्ड आर रेल इन्जिनियरिङले बुधबार केबुलकार परियोजना निर्माणका साथै लगानीसमते गर्ने गरी सम्झौता गरेको थियो ।

समझदारी पत्रमा मुक्तिनाथ कम्पनीका प्रवन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै भारतीय कम्पनीले परियोजनाका ईपीसी ठेक्का लिने र परियोजना कर्जा अपरिवत्य मुद्रामा लगानी गर्ने भएको छ ।

परियोजनामा २ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापको स्वामित्व रहने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार