नेप्से लगातार ओरालो

काठमाडौँ — गएको वर्षदेखि लगातार ओरालो लागिरहेको नेप्से परिसूचक दशैंको मुखमा झन ओरालो लाग्न थालेको छ । आइतबार ३६, सोमबार १२ र आज मंगलबार १९.०६ अंकले घटेको छ । अहिले नेप्से परिसूचक १,८८९.५९ विन्दुमा झरेको छ । गएको दिनको तुलनामा यो ०.९९ प्रतिशतले कम हो ।

अहिले नेप्से उकालो लाग्ने कुनै काँटछाँट देखिन्न । नेप्से लगातार ओरालो लाग्नाले सर्वसाधारणमा निरासा छाएको छ । नेप्से घट्नुको कारण नेपाल रष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाउनु रहेको छ । बैंकले कर्जा बढाएदेखि नेप्से परिसूचकमा लगातार पहिरो गएको छ । कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि उक्त सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो ।

मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । हिजो सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार