नेप्सले आइपीओ जारी गर्ने

काठमाडौँ, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

सभामा यस कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । यसका साथै, गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार