फेरि घट्यो नेप्से

काठमाडौँ, बिहीबार शेयर बजारको परिसूचक ४ अंकले घटेको छ । नेप्से १९०३.८४ अंकमा सीमित भएको छ । दिनभर ९७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

दिनभर कुल ८० वटा कम्पनीको मूल्य बढ्दा १५० वटा घट्यो । ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो । सबै उपसमूहको सूचक घट्दा बैंकिङ, लगानी, म्यूचअल फण्ड र अन्य सूचक बढेको छ । बैंकिङ १.२० अंकले बढ्यो ।

उपसमूह निर्जिवन जीवन बिमा ४२.३२ अंक, जीवन बिमा ३४.९५, हाइड्रोपावर १९.५०, होटल तथा पर्यटन १५.९९, फाइनान्स १५.१४ र विकास बैंक ९.२६ अंकले घट्यो । कारोबार रकमको आधारमा नबिल बैंक र प्रभु बैंकको संस्थापक शेयर अगाडि रह्यो । दिनभर ३७ लाख ६६ हजार १५३ कित्ता शेयर कारोबार भयो । बजारको पुँजीकरण २९ खर्ब २१ अर्ब कायम भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार