आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तुरुन्तै आवेदन रद्द हुने

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अब धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम छ वा छैन तत्काल जानकारी दिने भएको छ । आईपीओ भर्दा पर्याप्त रकम नभए तत्काल प्रणालीले आवेदन रद्दको गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को एपीआई कार्यविधि स्वीकृत गरेरसँगै अब सीडीएससीको एपीआई आस्वा सदस्यहरु बैंकहरुले जडान गर्न सक्ने भएका छन् । यस अघि सी–आस्वा प्रणाली मार्फत आईपीओमा आवेदन दिएपनि त्यसको भेरिफाइ भएर बैंक खातामा भएको रकम रोक्का हुन समय लाग्ने अवस्था थियो ।

सीडीएसीले बताएको कार्यविधि बोर्डबाट स्वीकृत भएर आएसँगै अब एपीआई मार्फत सि–आस्वा सदस्य मार्फत तुरुन्तै आईपीओमा आवेदन दिने आवेदकको बैंक खाताबाट रकम रोक्का गर्न मिल्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेस न्यौपानले नेपाल ट्राभल पोस्टलाइ बताए । सीडीएससीले करिब एक वर्षअघि कार्यविधि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो।

बोर्डबाट स्वीकृत भएर आएसँगै त्यसलाई कार्यान्वयन गर्ने बाटो खुलेको हो । आईपीओमा आवेदन दिन बैंक खातामा रकम नभएपनि हुने र आईपीओ भेरिफाइ गर्दा बैंक खातामा रकम भए रिजेक्ट हुने अवस्था थियो भने अब आईपीओमा आवेदन दिनेको बैंक खातामा रकम छ की छैन भनेर सोही समयमा नै भेरिफाइ हुने भएको छ । यसले आईपीओ झुटा आवेदन नियन्त्रण हुने सीडीएससीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार