रोमानिया र जर्मनीसँग श्रम सम्झौता

नेपाल र युरोपेली देश रोमानियाबीच आज द्विपक्षीय श्रम सम्झौता हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युले रोमानियामा उक्त सम्झौतामा हस्ताक्षर भएको छ । सरकारले असोज २३ गते मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी गरेको छ । जर्मनीमा राेजगारको लागि जानेले प्रति महिना ८४ हजार पारिश्रामिक पाउने छन् ।

जर्मनीसँग त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबीच श्रम समझदारी हुने मन्त्रालयले जनाएको छ । रोमानिया र जर्मनीसँग श्रम समझदारीपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइएको छ ।

गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिएको थियो । मन्त्री भण्डारी नेतृत्वको टोली बुधवार रोमानिया प्रस्थान गरिसकको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार