नेप्से ४३ अंकले वृद्धि

काठमाडौँ, बुधवार पनि बजार ४३.२७ अंकले बढेको छ । आज बजार परिसूचक पनि १९०७.८९ अंकको विन्दुमा पुगेर बन्द भएको छ । आज सबै सबै इन्डेक्स हरियाली बनेका छन् ।

बैंकहरूको व्याजदर घटेपछि मंगलबार पनि बजार दोहोरो अंकले वृद्धि भएको थियो । बैंकहरूको व्याजदर र ब्रोकर कमिसन घट्ने भएपछि नै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्डको सोही निर्णयपछि बजारमा उत्साह देखिएको हो । बोर्डको बुधवार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेको छ । सो निर्णय अनुमोदनका लागि अर्थमन्त्रालयमा पठाएको छ । अर्थमन्त्रालयबाट स्वीकृति भएपछि घटेको ब्रोकर कमिसन कार्यान्वयन हुनेछ । लगानीकर्ताहरूले पनि निकै लामो समयदेखि कमिसन घटाउन माग राख्दै आएका थिए । ब्रोकर कमिसन घटेपछि लगानीकर्ताको कारोबार लागत घट्ने छ ।

बुधबार कारोबार रकममा भने गिरावट आएको छ । बजार बढे पनि कारोबार भने खुम्चिएको छ । बुधबार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँ बराबरको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सर्वाधिक शेयर कारोबार हुनेमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी अगाडि छ । कम्पनीको ४ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारको आधारमा दोस्रो स्थानमा रहेको कुमारी बैंकको प्रोमोटर शेयर रहेको छ । आज बैंकको ३ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको प्रोमोटर सेयर किनबेच भएको छ ।

आइएमई लाइफको २ करोड ४२ लाख र शिवम् सिमेन्टको २ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार