तामाकोशीको हकप्रद शेयर बिकेन

काठमाण्डौं, अपर तामाकोशीको हकप्रद शेयरको म्याद पहिला असोज सात गतेसम्म थियो । तर भनेजति हकप्रद शेयर नबिकेपछि पुनः असोज २२ गतेसम्मलाई समय थपेको थियो । तैपनि कम्पनीले जारी गरेको सेयर ७० प्रतिशतभन्दा बढी बिकेन ।

समय थप्दा पनि कमपनीको हकप्रद शेयर ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ताबराबरको मात्रै आवेदन पर्‍यो। ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता बिकेन। अर्थात् यस बराबरको आवेदन परेन। उक्त कित्तामा आवेदन नपरेको सेयर लिलामीमा बेच्ने गरिन्छ। सोही अनुसार कम्पनीले तयारी गर्ने भएको छ।

अपर तामाकोसीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सोही अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद शेयरको लागि निवेदन आह्वान गरेको थियो। सो कम्पनीले १: १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार