नेप्से १८५१ मा झर्यो

काठमाडौँ, सोमबार सेयर बजारको परिसूचक नेप्से १८५१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २३.१६ अंक घटेको हो । दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

२२ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स २०, होटल तथा पर्यटन १००, जलविद्युत् ४०, जीवन बीमा २०७, उत्पादन २९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा ८९, अन्य १० र ब्यापार उपसमूह ५५ अंक घटे ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो । सुपर माइ हाइड्रोको मूल्य ४ प्रतिशत बढ्यो । सयपत्री हाइड्रोको मूल्य १०, हाथवे इन्भेस्टमेन्टको १० र मिड सोलु हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार