मारुती सिमेन्ट्सको आइपीओ आउँदै

काठमाण्डौँ, मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ।

कात्तिक २१ गते बिहान कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा साधारणसभा बस्न लागेको कम्पनीले जनाएको छ।

सभामा यस कम्पनीले प्रिमियम मूल्यसहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। यसका साथै, गत आर्थिक वर्षको नाफाबाट अग्राधिकार सेयरधनीलाई कर सहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ।

यता, साधारण सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ। त्यस्तै, १०० रुपैयाँ बराबरको ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विषयमा विशेष प्रस्ताव पेश हुनेछ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार