सरकारले एक वर्षमा जनतालाई परिणाममुखी दिन नसकेन स्वीकार – प्रधानमन्त्री “प्रचण्ड”

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको आत्मसमिक्षा गर्नु भयो ।

आज बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएको कमजोरी स्वीकार गर्नुभएको हो । यस्तै प्रचण्डले सरकारले सेवा प्रवाह जनताको तहसम्म पुर्याउन नसकेको आत्मसमिक्षा गनुृभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूले जनतामा नयाँ भरोसा, राष्ट्रको इज्जत जोगाउने जमर्को गरेको स्पष्ट पार्नुभयो । सरकारले आगामी दिनमा सुधारका लागि पोलिसि र ऐन बनाएर नयाँ सुधार गरी जनतालाई भरोसा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार