फेरि हमास र इजरायलबिच युद्ध सुरु

काठमाडौँ । फेरि हमास र इजरायलबिच गाजा क्षेत्रमा युद्ध सुरु भएको छ । विशेषगरी हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको बताइएको छ ।

यद्यपि उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले बताएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको उल्लेख गरेको छ ।

हिजो बिहीबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो । तर लगत्तै त्यसपछि युद्धविराम सम्झौता अघि भने बढाइएको छैन । विशेषगरी अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल अहिलेसम्म भएका छैनन् ।

यस्तै युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार