१३ अंकले बढ्यो नेप्से

काठमाडौँ, मंगलबार सेयर बजारको परिसूचक नेप्से १३.१८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८६४ अंकमा अडिएको छ । दिनभर कुल १ अर्ब रुपैयाँको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ७ को स्थिर रहृयो ।

बैंकिङ १३, विकास बैंक ९, फाइनान्स २१, जलविद्युत् १५, जीवन बीमा ८८, उत्पादन १०, माइक्रोफाइनान्स २८ र अन्य उपसमूह ११ अंक बढे । त्यस्तै ब्यापार ३४, निर्जीवन बीमा ५१ र होटल तथा पर्यटन उपसमूह १३ अंकले घटेको छ ।

स्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो भने हाथवे इन्भेस्टमेन्टको मूल्य ८.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, सानिमा जनरल इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नबिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार