बीआरआई कार्यान्वयन हुन्छ

‘बीआरआई कार्यान्वयन हुन्छ, नेपालका लागि महत्वपूर्ण स्रोत हो ।’ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआई सम्झौता धेरै मेहनतपश्चात आफ्नो दोस्रो कार्यकायमा हस्ताक्षर गरेको बताएका हुन्।

‘बीआरआईको दीर्घकालीन महत्वलाई र यसको रणनीतिक महत्वलाई आत्मसाथ गरेर गम्भीर भाषामा सहमति गरायो त्यो नेतृत्वप्रति तपाईंहरुले अलिकति पनि सकरात्मक सन्देश जनतामा सम्प्रेषण कति मेहनत गर्नुभयो ?’ उनले प्रश्न गरे।

चीन भ्रमणको बेलामा बीआरआईको रणनीतिक महत्वलाई आत्मसाथ गरेर नै खुला छलफल भएको र सहमति गरेर कार्यान्वयन अगाडि बढाउन लागिएको उनले बताए ।

‘हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ। परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन। विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो छ। बीआरआई नेपालका लागि त्यस्तो महत्वपूर्ण स्रोत हुन सक्छ।’ उनले भने,‘विगत १० वर्षमा बीआरआईमार्फत मात्र १००० अर्व अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन सकेन। अब हामी छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेछ।’

चीन, नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदार विकास गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए। उनले भने,‘चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग के नेपालजस्तो आर्थिक रुपमा पछि परेको परेको देशको कुरा गम्भीर रुपले सुन्न तयार हुनुहुन्छ भनेर प्रश्न गरेको छु। उहाँहररू सैद्धान्तिक रुपमा सहि छ भनेर भनेको हिजो जस्तै लाग्छ।’

उनले अहिलेको भ्रमणबाट चीनका निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार भएको बताए। प्रचण्डले लगानी भित्र्याउन आह्वान गरिएको समेत बताए। उनले भने,‘नेपाल आत्मनिर्भर हुनुपर्‍यो । अर्थतन्त्रमा बलियो हुनुपर्‌यो। त्यसका लागि प्राकृतिक स्रोत साधन प्रयोग हुनुपर्‍यो ।’

रिपोर्टस् नेपालबाट लिइएको

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार