पोखरामा आन्तरिक विवादले  प्याराग्लाइडिङ उडान बन्द

पोखरा । पोखरामा आन्तरिक विवाद चुलिएपछि प्याराग्लाइडिङ उडान बन्द भएको छ ।

विशेषगरी नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरिइएको छ । यस्तै नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएको बुझिन्छ । यीनीहरु बीचमा एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत लगाइरहेका छन् ।

यद्यपि हालकै विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेको बताएका हुन् ।
पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताउनुभयो । दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार