निजी गाडी भाडामा लगाउन नपाइने पोखरामा

पोखरा । निजी गाडी पखरामा अबदेखि भाडामा लगाउन नपाइने भएको छ । विशेषगरी लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्दै आएको पाइन्थ्यो ।

यस्तै विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कुटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ । यद्यपि वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाको टोलीले ४५ भन्दा बढी पसलबाट बोर्ड हटाएर निजी सवारी साधन भाडामा नलगाउन प्रचारप्रसार गरिरहेको छ ।

त्यस्तै पोखरामा ‘बाइक अन रेण्ट’ लेखिएका ५५ वटा बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर भुवन बरामले प्रष्ट पार्नु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार