रुख काटेको आरोपमा १५ हजार जरिवाना

पोखरा । अहिले पोखरास्थित न्यूरोडको सडक किनारको रुख काटेको आरोपमा पोखरा महानगरपालिकाले १५ हजार जरिवाना असुलेको जनाएको छ ।

यस्तै सडक छेउमा हुर्किँदै गरेको रुख काटेको आरोपमा गिटार शप र स्काइ फेसनलाई कारबाही गरिएको बताएको छ । विशेषगरी पसल छेकेको भन्दै अनुमतिविना रुख काटिदिएका थिए ।

यद्यपि नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दुवै पसललाई १५ हजारका दरले जरिवाना लगाइएको जानकारी दिइए  । अनुमति विना कटान गर्दा प्रति हाँगा ५ हजार र रुख काटे १५ हजार जरिवाना हुने व्यवस्था गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार