रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या

जाजरकोट । अहिले जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते रातिगएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या टुंगो लागेको छ ।

विशेषगरी जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको संख्या यकिन भएको बताइएको छ । यस्तै प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले प्रष्ट पार्नुभयो ।

बढुवालका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने बताइएको छ । अहिलेसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको बताउनुभयो ।

यद्यपि संघीय सरकारले पठाएको रु ५० करोडमा रु ६ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार