राजसंस्थासहितका ७ वटा एजेन्डा लिएर राप्रपाले सडकमा उत्रिने

काठमाडौं। अब राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न ७ वटा एजेन्डा लिएर सडक संघर्षमा उत्रिने निर्णय गरेको छ ।

आज बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । यस्तै राप्रपाले राजसंस्था पुृनःस्थापना, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिने तयारी गरेको हो ।

विशेषगरी पुस र माघमा आन्दोलनका लागि वार्म अप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा समावेश गरेको छ । आज केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने बताएको छ ।

यद्यपि केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिने जनाएको छ। राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय सर्कुलर गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार