त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पावर बैंक पड्केर यात्रुको ह्याण्डब्यागमा आगलागी

काठमाडौं । अहिले दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागी भएको छ । विशेषगरी आज चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।

यस्तै जियान जिङ्ग एयर चाइनाको उडानबाट चीनको ताइफु जान लागेकी बताइएको छ । यद्यपि स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको डीआईजी ठकुरीले बताए ।

आज दिउँसो आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभएको डीआईजी ठकुरीले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार