तीनकुनेमा दुर्गा प्रसाईलाई कार्यक्रम गर्ने अनुमति छैन : काठमाडौं प्रशासन

काठमाडौं । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाँई नेतृत्वको नागरिक बचाउ अभियानलाई तीनकुनेमा प्रर्दशन गर्न अनुमती नरहेको जानकारी दिइएको छ ।

विशेषगरी पछिल्लोपटक गणतन्त्र विराधी अभियन्ता प्रसाईको अभियानलाई सो स्थानमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले विज्ञप्तिमा उल्लेख छ । यस्तै  “गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन् ।”–प्रशासनद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

यस्तै सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने भनिएको छ।

यद्यपि “सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपुर्ण,मर्यादित,अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चििततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अजगत गराइन्छ भनी विज्ञप्तीमा उल्लेख्य गरिएको  छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार