लाेग्नेलाई झुक्याएर हुण्डी गर्दा फाईल सम्पति शुद्धीकरणमा पुग्याे

काठमाडौं । लामो समयदेखि बेलायत बस्दै आएका ५७ बर्षिय गँगाबहादुरलाई उनकै श्रीमती दुर्गादेवीले झुक्याएर डेड करोड रुपैया नेपाल हुण्डी गर्दा उनको पारपाचुके मात्रै भएन उनको फाइल सम्पति सुद्दीकरणमा पुगेको छ ।

काठमाण्डौं जिल्ला नागाजुनं न.पा. वडा नं. ४ घर भई हाल संयुक्त अधिराज्य बेलायत बस्ने वर्ष ५७ को गंगा बहादुर बस्नेतले मिति २०७९/१०/१५ गते श्रीमती दुर्गादेवी ढुंगानाले झुक्याएर हुण्डी गरेको भन्दै शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा फाइल दर्ता गराउनु भएको हो ।

गंगा बहादुर बस्नेतका अनुसार आफुलाई श्रीमती दुर्गादेवी ढुंगानाले झुक्याएर हुण्डी गरेको र आफू पीडित भएकाले न्यायका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा उजुरी दिएको जानकारी दिनुभएको छ । उहाँको श्रीमती दुर्गादेवी ढुंगाना हाल संयुक्त अधिराज्य बेलायतमा बस्दै आउनुभएको छ ।

गंगा बहादुर बस्नेतले दुर्गादेवी ढुंगाना विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाही गरी पाउँ भनी निवेदन दिनुभएको जस्ताको तस्तै राखिएको छ ।

म उजुरवाला गंगा बहादुर बस्नेत सन् १९९० मा बेलायतमा आई बेलायतमै बसोबास गरेको छु अन्यायी मध्येकी दुर्गादेवी ढुंगानासँग मेरा साथी कृष्ण प्रसाद सिखडा मार्फत सन् २०१४ को अप्रिलमा चिनजान भएको हो। निजले आफू अविवाहिता रहेको र इमान्दार केटा पाए विवाह गर्ने भनी मसंग भनेको र निज दुर्गादेवी गैह्रकानूनी रुपमा बेलायतमा बसेकी हुँदा मैले नेपाली चेली भएको हुनाले निजसँग विवाह हुनु भन्दा अगाडि निजलाई आवश्यक पर्ने रकम १०,००० पाउण्ड डलर दिएको थिए । सो विवाहका लागि निजले आफू अविवाहिता रहेको भनी नेपालबाट सिफारीस ल्याई लण्डन स्थित बेन्ट काउन्सीलमा पेश गरी विवाहको अनुमति प्राप्त भई विवाह भएको हो । विवाह भएश्चात् म संग भएका रकमहरु आफ्नो हातमा पारी मलाई छाडी बाहिर बाहिर हिड्न थालिन पछि बुझ्दा निजले महोत्तरी जिल्ला बर्दिबास न.पा. वडा नं. ६ निवासी मोहन प्रसाद पोखेलसँग २०५२।०११५ मा नै विवाह गरी दुई छोरीहरु कञ्चन पौखेल र ममता पोखेल समेत रहेछन् । निजले मलाई विभिन्न प्रलोभनमा पारी पटक पटक गरी म बाट नेपाली रु.५,००,००,०००/- (पाँच करोड भन्दा बढी रकम बराबरको बेलायती पाउण्ड लिई नेपालमा निजका ईष्टमित्र नातेदारका नाउंमा पठाएकी रहेछन्। विपक्षी र मेरो नाउंमा बेलायत स्थित BARCLAYS Bank मा बैंक खाता रहेकोमा बैंक खाताको कोर्ड न. हरु सबै निजलाई थाहा भएको हुँदा निजले मेरो सहमती मन्जुरी बिना मलाई थाहा जानकारी नै नदिई सो खाताको रकम मुद्दतिमा जम्मा गराई पुनः अनलाईन खाता BARCLAYS Bank App बाट पैसा ट्रान्सफर गरी निजले ६८५,००० रकम बेलायत स्थित Union Nepal Service मार्फत निजको खाता रहेको नेपाल स्थित सानिमा बैंक लि. को खातामा रकम पठाई पुनः सो रकम नेपालका विभिन्न व्यक्तिका खातामा रकम जम्मा गरेकी रहेछन् । निजले मलाई थाहा जानकारी नदिई ३ जुन २०१९ मा £ २५०००, ४ जुन २०१९ मा £ २५०००, १० जुन २०१९ मा १०,००० २५००० गरी जम्मा ८५,००० रकम गैरकानूनी रुपमा ट्रान्सफर गरी नेपालमा पठाएकी र अन्य व्यक्तिहरुसँग मिलि मार्फत रकम नेपालमा पठाउने र बेलायतमा ल्याउने गरी हुण्डीको कारोबारमा समेत संलग्न रहेकी छिन् । यसरी कुर्ते ठगीजन्य कसुर गरी सो रकम गैह्रकानूनी रुपमा बेलायतबाट नेपालमा ट्रान्सफर गरी रकम लुकाएको र सो रकमहरु सुधी कन्चन पोखेलको सानिमा बैंक लि. मा रु.२८,००,०००/- (अठ्ठाईस लाख), सुश्री ममता पोखेलको सिद्धार्थ बैंक लि. मा रु.२८,००,०००/- (अठ्ठाईस लाख), त्यसैगरी, निज दुर्गाको भाई गणेश ढुंगानाको नाममा झापामा सुन पसलमा लगानी गरेको निजको बहिनी धनमाया ढुंगाना, बहिनी ज्वाई प्रवेश गौतम बहिनी जुन ढुंगाना पोखेल र धनमाया ढुंगानाको मिलेमतोमा रकम जम्मा गरेको अवस्था छ । यसरी निज दुर्गादेवी ढुंगानाको पहिला विवाह गरी छोराछोरी रहेको तथ्य समेत ढाँटी मलाई झुक्याई मसँग विवाह गरेको नाटक गरी म बाट करोडौं रुपैयाँ ठगी गरी गैह्रकानूनी रुपमा कतिपय रकम हुण्डी मार्फत र कतिपय रकम बैंक एपबाट नेपालमा ट्रान्सफर गरी आफ्ना व्यक्तिहरुको नाउंमा जम्मा गरी आफन्तका नाउँमा जग्गा खरिद गरी राखेकी र व्यापार व्यवसायमा लगानी गर्ने हुँदा निज दुर्गा देवी ढुंगाना र निजको मिलेमतोका व्यक्तिहरुको सम्पत्ति समेत छानविन गरी ठगी तथा बैंकिङ कसूरबाट प्राप्त सम्पत्ति र त्यसबाट बढाएको सम्पत्ति समेतको छानविन गरी सम्पत्ति शुद्धीकरणको कसुरमा कारवाही गरी पाउँ भनी उजुरी दर्ता गराउनु भएको छ ।

सम्पति शुद्धीकरणमा फाइल दर्ता न. ३१८५ रहेको स्वयं गंगा बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार