विदेशी लगानीको प्रतिबद्धता सेवा र पर्यटन क्षेत्रमा ओइरो

काठमाडौँ । पछिल्लो समय कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता ओइरो आएको छ । चालू आर्थिक वर्षको साउन–कात्तिक महिनासम्ममा भने १८ अर्ब ३५ करोड रुपैयाँभन्दा धेरैको प्रतिबद्धता आएको छ । विशेषगरी उद्योग विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै झण्डै २ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

यस्तै तथ्यांकअनुसार कात्तिक महिनामा २६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता रहेको छ । विशेषत: एउटा मध्यमस्तरको उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठुला उद्योगमा भने कुनै प्रतिबद्धता भने छैन ।

विभागले कात्तिकमा कूल २७ वटा उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको बताएको छ । कात्तिकमा आएको प्रतिबद्धता सेवा र पर्यटन क्षेत्रमा मात्रै आएको छ । विशेषगरी कूल प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ५६ प्रतिशत रहेकोे छ ।

यद्यपि सेवा क्षेत्रमा ४४ प्रतिशत अर्थात् १२ वटा प्रतिबद्धता रहेको छ । यसका अतिरिक्त उत्पादन, सूचना प्रविधि, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रमा कुनै पनि प्रतिबद्धता भने छैन ।

अहिलेसम्ममा १७८ वटा उद्योगमा लगानीको प्रतिबद्धता रहेको छ । यद्यपि कूल प्रतिबद्धतामध्ये १७० वटा साना उद्योग, ५ मध्य र ४ ठुला उद्योगमा प्रतिबद्धता रहेकोे छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार