छैटौँ राष्ट्रिय झण्डा दिवस आज मनाइदै

काठमाडौँ । आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । विशेषगरी आज राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो ।

यस्तै र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।
विशेषगरी २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिइनु भयो ।

अध्यक्ष राजानन्द माण्डव्यले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार