प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका उपाय खोज्न बोलाए बैठक

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारे  छलफल गर्न बैठक बोलाउनु भएको छ ।

विशेषगरी मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत आर्थिक क्षेत्रसँग सम्बन्धित सरकारी निकायका अधिकारीसँग अहिले अपरान्ह ४ बजे छलफलका लागि बैठक बोलाइएको छ ।

यस्तै बैठकमा अर्थतन्त्रको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे सरकारी अधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्नु हुनेछ ।  र, प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय लगायतका निकायबाट अहिले मुलुकको आर्थिक अवस्थाको बारेमा बुझ्नु हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार