अमेरिकी दुताबासलाई झुक्याउन खोज्दा दश भाइको जेलको बास

काठमाडौँ । अमेरिकाको डिभि परेका दशजना युवाहरुले दुताबासलाई झुक्याएर भिषा लिन खोज्दा आर्फै नक्कली कागजात बनाएको आरोपमा अनुसन्धानका लागि जेलमा परेका छन् ।

काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालयका अनुसार एसएलसी मात्रै पास गरेका विभिन्न ठाउँका युवाहरु बाह्र कक्षाका नक्कली सर्टिफिकेट बनाएर दुतावासमा अन्तरवार्ता दिँदा उनीहरु प्रहरीको अनुसन्धानमा परेका हुन् ।

प्रहरीले उनीहरुले अमेरिकी दुतावासले १२ कक्षा पास गरेका व्यक्तिलाई मात्र भिषा दिन्छ भन्ने भ्रमका कारण नक्कली सर्टिफिकेट बनाएका थिए । प्रहरीले उनीहरुलाई दुतावासमा नक्कली सर्टिफिकेट बनाएर अन्तरवार्ताका लागि पुगेको गोप्य सुचना पाएपछि अनुसन्धान गरेको थियो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा धनुषा घर भएका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भएकी ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भएकी रोना गुरुङ, ललितपुर घर भएका २५ वर्षीय सञ्जय महर्जन, चितवन घर भएका २५ वर्षीय सुमन ढकाल, सिराहा घर भएका २९ वर्षीय सक्षम अर्याल, सर्लाही घर भएका ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भएका २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही घर भएका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

प्रहरीले अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रणमा लिएको थियो । सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जन लगायतको संलग्नता खुलेको थियो ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०२४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार