दुर्गा प्रसाईंका स्वकीय सचिव सहित दर्जनौं पक्राऊ

काठमाडौं । हिजो काठमाडौंको गौशाला स्थित प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थक सहित उनका निजि सचीबलाई  प्रहरीले पक्राऊ गरेको छ ।

हिजो गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढा गर्ने समर्थकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राऊ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव  विनञ्जय थापा समेत रहेका छन् ।

दुर्गा प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । पक्राऊ पार्नेमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का, मेहरमान बस्नेत रहेकोे प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार