रामधुनी नगरपालिकाका उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं । सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यस्तै सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेषगरी रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सबइन्जिनियर हर्षलाल चौधरीविरुद्ध रु. दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।

भोला दाहालका अनुसार रामधुनी नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनीलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार