एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन एकल इजलासमा पेसी तोकियो

काठमाडौं । आज प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको हो ।

विशेषगरी सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको आज मंगलबार तेस्रो पटक हो । अस्ति आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा थियो ।

यद्यपि आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा थियो ।

पछिल्लोपटक नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा उल्लेख गरिएको छ । यस्तै सांसद अमरेशकुमार सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार