आज देखि देशभर चिसो बढ्दै

काठमाडौँ । अहिले देशभर चिसो बढेको छ । विशेषगरी  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यद्यपि  दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

यस्तै आज काठमाडौंमा बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन रहेकोे छ । दिउँसो भने १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार