आज दुर्गा प्रसाईं समूह र युवा संघले छुट्टाछुट्टै प्रदर्शन गर्दै

काठमाडौं । आज काठमाडौं उपत्यकामा दुई छुट्टाछुट्टै प्रदर्शन हुँदैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन् ।

विशेषगरी युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने बताइएको छ । आज बल्खुमा कार्यक्रम गर्दै हुनुहुन्छ । प्रसाईंको र्‍याली आज बिहान १०ः३० बजे शुरू हुनेछ । प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चाबहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्ने बताइएको छ ।

यस्तै प्रसाईंले प्रदर्शन गर्ने भएपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि प्रतिकार स्वरूप कार्यक्रम तय गरेको छ । बस्नेतले यसको ‘ब्याकअप’ पूर्वमन्त्रीसमेत रहेका गरेका छन् । गणतन्त्र र व्यवस्थामाथि प्रहार भएको भन्दै प्रदर्शन गर्न लागिएको उनीहरूले तर्क छ । त्यस्तै युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।

आज सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि प्रसाईं र बस्नेतको समूहलाई प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार