चरीत्रहत्या गर्दै हिँड्ने यूटुवर प्रहरी खोरमा : दुःख पाइस मङ्गले आफ्नै ढङ्गले

कार्तिक २३, काठमाडौं – युट्यूवमा स्टार टिभि नामको च्यानल चलाएर पत्रकारको नाममा नेता तथा व्यापारीसँग बार्गेनिङ गर्ने र पैसा असुल गर्दै आएका मनोज मानव नाम गरेका मनोज कुमार महतो अन्ततोगत्वा नेपाल प्रहरीको चिसो खोरमा पुगेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो ।

पछिल्लो समय एक महिलामा माथि डिपफेक प्रविधि प्रयोग गरी नेकपा एमालेका पूर्वसाँसद तथा प्रभावशाली नेता महेश बस्नेतको भिडियो सम्पादन गरी अचल फोटोलाई भिडियोमा रुपान्तरण गरी सामाजिक सँजाल टिकटक र पछि यूट्यूवमा प्रशारण गरेका थिए । व्यक्तिको चरित्रहत्या गर्ने जस्तो पत्रकार आचारसँहिताको गम्भिर उलंघन गरेका थिए ।

महेश बस्नेतमात्रै नभएर उनको हिटलिस्टमा अन्य नेताहरू पनि रहेको उनले महेश बस्नेतसँगको लिक भएको टेलिफोन कुराकानीमा स्वीकार गरेका छन् ।

पूर्व एआइजी रणबहादुर चन्द र तारा बराल नाम गरेकी एक महीलाको भेटघाट भएको भिडियो अनुमति बिना खिचेर एक्कासी चर्चामा आएका यादबलाई सार्वजनिक पदमा बसेका व्यक्तिहरुको निजी जीवनमाथि धावाबोल्ने र चरीत्रहत्या गर्ने आरोप लागेको छ ।

पैसाका लागि नेता तथा व्यापारीसँग साँठगाँठ गर्ने, माग्ने र नदिए विभिन्न तरिका अपनाएर बार्गेनिङ गर्ने र त्यतिले पनि नपुगे सिधा फोन गरेर धम्काउने चरीत्रकै कारण उनी नेपाल प्रेस काउन्सीलको कारवाहीमा परिसकेका छन् ।

उनले रक्सी पिएर महेश बस्नेतसँग ३० लाख मागेको तथा पिडित महिलालाई जथाभावी बोलेको अडियो पनि सार्वजनिक भएको छ ।

उनले Youtube मा स्टार TV नामको च्यानल चलाउन अन्य व्यक्तिको नागरिकता प्रयोग गरेको तथा नेपाल तथा भारतीय नागरिकता समेत उनीसंग रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार