आजदेखि रास्वपाको वडा अधिवेशन सुरु

काठमाडौं । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन सुरु भएको छ । यस्तै रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न लागेको हो ।

विशेषगरी सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । परिवारका अनुसार “निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ” भन्नु भयो ।
यस्तै हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ” भन्नू भएको छ ।

विशेषगरी रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार