दशैंका कारण सस्तो टिकट छैन, हवाई यात्रु चाप बढ्यो

काठमाण्डौं, दसैँ नजिकिएसँगै आन्तरिक हवाई यात्रुको चाप बढेको छ । योसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँबाट उडान हुने केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् । उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट अहिले उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् ।

उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । देशका अन्य सञ्चार माध्ययमा पनि यी खबर छापिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

">

पत्रपत्रिकाबाट

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार