हङकङविरूद्ध नेपालले पहिला बलिङ गर्ने

त्रिदेशीय टी-२० सिरिजमा आज हुने हङकङविरूद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको थियो।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोडेको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार