अर्जेन्टिनाले पेरूलाई हरायो

लिमास्थित पेरूको घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिना २-० गोलले विजयी भएको हो। दुबै गोल कप्तान लियोनल मेसीले गरेका हुन्।

३१ औं मिनेटमा ट्याग्लिफिकोको उत्कृष्ट पासमा मेसीले गोल गरे।

लगत्तै ४२ औं इन्जोले अल्भारेजलाई दिएको पास अल्भारेजले पुनः मेसीलाई दिएका थिए।

त्यसमा मेसीले गरेको गोल नै खेलको निर्णायक बन्यो।

विश्वकप छनोटका चारै खेलमा जित निकाल्दै १२ अंकसहित अर्जेन्टिना शीर्षस्थानमा छ।

उरूग्वे, ब्राजिल र भेनेजुयला ७ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार