नेपाल एयरलाइन्सको विमान तेलअभिभमा अवतरण

इजरायलमा रहेका नेपालीलाई लिन गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभमा अवतरण

इजरायलमा रहेका नेपालीहरूलाई लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सको विमान नेपाली समयाअनुसार दिउँसो २ बजे तेल अभिभमा अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौंबाट बिहीबार बिहान साढे ३ बजे उडेको नेपाल एयरलाइन्सको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल पुगेको हो । नेपाल फर्कन चाहने नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद पनि गएका छन् ।

इजरायलको समय अनुसार राति सवा ९ बजे काठमाडौंका लागि प्रस्थान गर्ने परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार