ललितपुर । आज मंगलबार ललितपुरको झम्सीखेलमा गोली चलेको छ ।
विशेषगरी आज नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको बताइएको छ । यस्तै एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ गरेको बताउनु भएको छ ।
पक्राउ परेका व्यक्तिको साथबाट लागूऔषधसमेत बरामद गरिएको बताउनुभयो । थप जानकारी आउन बाकी रहेकोे बताउनुभयो ।