आज मान्छे जुन धरातलमा उभिएको छ । त्यसमा भाषाको निकै ठूलो योगदान रहेको छ । विना भाषा मानव सभ्यता जीवित रहन सक्दैन । विश्वमा जे जस्तो परिवर्तन भए, ती सबैमा विविध भाषाको मुख्य भूमिका रहेको छ । यदि भाषाको आविष्कार नभएको भए मानव सभ्यता उहिल्यै लोप भैसक्थ्यो । भाषा जोगियो भने जोगिनु पर्ने अन्य कुरा आफैँ जोगिन्छन् । भाषा मानव सभ्यताको सुरक्षा कवच हो ।
विश्वभाषामा १८३ देशको भाषा पढाइ हुने हल्ला सुनिए पनि यो सरासर झूट हो । मुख्यतः यहाँ आठ दस ओटा भाषा पढाइ हुन्छन् । ती मध्ये पनि कोरोना कालदेखि केही भाषा पढाइ हुन छुटेका छन् । रसियन, उर्दू, नेवारी र संस्कृत गरी अहिले चार भाषा छुटेका छन् । विगतमा पनि केही भाषा छुटेका थिए । तर अहिले झैं तीनचार ओटा भाषा एकै पटक छुटेका थिएनन् । भाषा छुट्नुको कारण पढ्ने विद्यार्थी नै नभएर हो । एक दुई जना चाहिँ पढ्न भनि आउँछन् । एक दुई जनालाई पढाउने कुरा भएन । कक्षा सञ्चालन गर्न ३० ३५ जना विद्यार्थी अवस्य चाहिन्छ । जसको लागि तीन वर्षको पढाइमा छ सेमेष्टर हुने गरेका छन् । तैपनि भाषा जानेपछि तीन वर्ष नबित्दै विद्यार्थीले कलेज छोडिदिन्छन् ।
विदेशी विद्यार्थीहरूको रोजाइ चाहिँ नेपाली र संस्कृत हो । धेरैले नेपाली नै पढ्छन् । संस्कृत पढ्ने निकै कम हुन्छन् । अहिले त नेपाली विद्यार्थीले नै संस्कृत पढ्न छोडेका छन् । संस्कृत चाहिँ गाह्रो भएकै कारण उनीहरूको रोजाइमा खासै पर्दैन । नेपाली भाषा पढेर नेपाली संस्कृतिलाई झन् नजिकबाट बुझ्ने उनीहरूको मुख्य उदेश्य हो जस्तो देखिन्छ ।
विश्वका अन्य भाषा नेपालका अन्य कलेजले पनि पढाउँछन् । तर विदेशी विद्यार्थीको रोजाइमा चाहिँ विश्वभाषा नै परेको छ । यहाँ पढ्न सस्तो छ। उनीहरूले ५५० डलर तिरेपछि छ महिना ढुक्कले पढ्न सक्छन् । ५५० डलर उनीहरूको लागि निकै सस्तो रकम हो । यसमा उनीहरू निकै खुसी भएका छन् पनि ।
विदेशी विद्यार्थीहरू साह्रै कुटिल स्वभावका देखिन्छन् । उनीहरू यहाँ भाषा मात्र पढ्न आएका भने हैनन्। भाषासँगै नेपाली संस्कृति र राजनैतिक पृष्ठभूमि पनि बुझ्न आएका हुन सक्छन् । उनीहरूको उदेश्य के हो त्यो हामी बुझ्न सक्दैनौँ । भाषा बाहेक उनीहरूको अरु पनि थुप्रै उदेश्य हुन सक्छन् ।
जापनि र चिनिया भाषा पढ्ने चाहिँ अरु भाषाको तुलनामा धेरै छन् । कोरियन चाहिँ त्यति छैनन् । अहिले जापान कोरिया र चिन जानेको संख्या बढ्न थालेको छ । रोजीरोटीको लागि विदेशीनेको संख्या बढेसँगै यी भाषा पढ्नेहरुको संख्या पनि द्रुत गतिमा बढ्न थालेको छ ।
यी विविध भाषा पढाउने शिक्षकहरू नेपाली नभएर विविध देशका राजदुताबासले नै उनीहरूको साथमा भएका योग्य शिक्षकहरू पठाउने गर्छन् । नेपाली र संस्कृत भाषाको लागि मात्रै नेपालका शिक्षक रहेका छन् ।
यस क्याम्पसको कमजोरी भनेको चाहिँ पहिलो राजनीति र दोस्रो व्यवस्थापन समिति नै हो । खासगरी नेपालमा कुनै पनि यस्ता स्कूल कलेज छैनन्, जो राजनीतिबाट अछुतो रहेका होउन् । अन्य ठाउँमा जे जस्तो भएपनि विश्वभाषा पढाइ हुने ठाउँमा चाहिँ राजनीति हुनु नपर्ने हो । बरु भाषाको माध्यमबाट विश्वलाई एकै ठाउँ जोड्न के कसरी सकिन्छ । त्यसको लागि उचित कदम चाल्नुपर्ने हो । यसलाई पनि भाषाको विश्वविद्यालय बनाउन पर्ने हो । जसको लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । दिनुपर्ने देखिन्छ ।
क्याम्पसको भौतिक संरचना लगायत अन्य कुरामा विशेष ध्यान चाहिँ व्यवस्थापन समितिले नै दिनुपर्ने हो । तर व्यवस्थापन समिति निकै वर्षदेखि निदाएर बसेको छ । समस्या समाधानको लागि समितिले सरकारसँग कुनै सहमति गर्न सकेको छैन ।
अहिले हरेक स्कूल कलेजमा विद्यार्थीको संख्यामा भारी गिरावट आउनको कारण नै देश र स्कूल क्याम्पसको अस्थिर राजनीति हो । भाषा पढाइ हुने ठाउँको त अवस्था नाजुक छ भने अरुको त के भन्न सकिन्छ र ? नेपालको प्रत्येक स्कूल कलेजमा कुनै न कुनै पार्टीको अखडा रहेकै हुन्छ । आफ्नो छोराछोरीलाई प्राइभेट स्कूल कलेजमा पढाइ सरकारी स्कुल कलेजका विद्यार्थीलाई चाहिँ राजनीतिको दास बनाउने, राजनीतिकर्मीहरु कतिसम्म बाठो हुन सकेका ?
नेपालमा विदेशी पर्यटकको साथै विद्यार्थीको संख्या घट्नुमा पनि यही अस्थिर राजनीति हो भन्नमा कुनै शंका छैन । हेक्का रहोस् १ विदेशीहरू शान्त देखिएपनि बडो कुटिल हुने गर्छन् ।
( क्याम्पसका कर्मचारी टहल दाहालसँग लिएको जानकारी)