यूट्युवरलाई प्रहरीले कारवाही गरेसँगै शेयर र कमेन्ट गर्ने प्रहरीको खोरमा जाने (नामसहित)

कार्तिक २४, काठमाडौ – भ्रामक तथा सम्पादन गरिएको भिडियो सामाजिक सञ्जालमा प्रशारण गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको इज्जतमाथि धावा बोल्ने यूट्युवर मनोज कुमार महतो उर्फ मनोज मानवलाई साइवर व्यूरोले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएसँगै त्यस्ता पोस्टहरूलाई लाइक, शेयर तथा त्यस्तो कार्यलाई बढावा दिने गरी कमेन्ट गर्ने लगभग दुइ दर्जन व्यक्तिलाई प्रहरीले अनुसन्धानको घेरामा ल्याउने भएको छ ।

उनले सामाजिक सन्जाल टिकटक र यूट्युवमा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतको फोटोलाई सम्पादन गरी एकजना महिलासँग जोडेर भिडियो तथा फोटो सम्प्रेशण गरेका थिए । यसले महिला तथा बस्नेतको निजी जीवनमा असर पु¥याएको थियो ।

यसरी शेयर, कमेन्ट र लाइक गर्ने फेसबुक प्रयोगकर्ताहरूलाई साइबर प्रहरीले मौजुदा कानुन अनुसार कारवाही गर्ने भएको हो ।

कारवाहीको लिस्टमा रहेका मध्ये अरूण लावती, बिजय भि जय, मनोज बनायक, भौतीकबादी मानव, गँगा कार्की, मिलन अवाइ, दिनेश न्यौपाने, काजीराज सिँ भण्डारी, रमेश आचार्य, वीर बिष्ट, सुरेश प्रजापतीलगायत दुइदर्जन व्यक्तिहरूको नामावली, प्रोपाइल स्कृनसट, निवेदन सहित साइवर व्यूरो भोटाहीटीमा बुझाइसकिएको बस्नेत सचिवालयले जनाएको छ ।

नेता बस्नेतको स्वकीय सचिवले दिएको जानकारी अनुसार उजुरी दर्ता भएसँगै सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरूमाथि प्रहरीले कारवाही प्रकृया अगाडी बढाउने भएको हो ।

उजुरीमा भनिएको छ, महेश बस्नेतको बारेमा चरित्र हत्या गर्ने मनसायले विभिन्न व्यक्तिहरू तथा आइडीहरूबाट अस्लिल किसिमको भिडियो पोष्ट गर्ने, कमेन्ट गर्ने, लाइक र शेयर गर्ने बिरूद्ध बिद्धुतीय कारोवार ऐन २०६३ को दफा बमोजिमको कसुर गरेकाले हदैसम्मको कारवाही गरीपाउँ ।

यसै बिच सरकारले साइवर अपराध सम्बन्धी मौजुदा कानुनभन्दा कडा कानुन ल्याउने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले बिहीबार स्वीकृत गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० तुरून्तै जारी गर्ने र नियमन गर्ने भएको छ ।

अरुलाई होच्याउने नियतले अपमानजक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली, बेइजती गर्ने कार्यलाई हेट स्पीचका रुपमा निर्देशिकाले व्याख्या गरेको छ।

‘हेट स्पीच’ भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनु पर्छ, निर्देशिकाको स्पष्टीकरण खण्डमा राखिएको छ।

निर्देशिकाले डिजिटल माध्यमको प्रयोगबाट व्यक्तिको तस्बिर विकृत रुपमा परिमार्जन गरी प्रशारण गर्न, निजी मामिलाका फोटो र भिडिओ अनुमतिबिना खिचेर प्रकाशन र प्रशारण गर्न, अश्लील शब्द, तस्बिर, भिडिओ, अडिओ एनिमेसन प्रशारण, प्रकाशन र टिप्पणी गर्न नहुने व्यवस्था गरेको छ। विभित्स तस्बिर, भिडिओ कुनै सन्दर्भबिना नै पोष्ट वा सेयर गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ।

अब राजपत्रमा प्रकाशन गरेपछि यो निर्देशिका लागू हुनेछ, सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए ।

केसीले तिहारलगत्तै मन्त्रालयले डेटा सुरक्षासम्बन्धी, सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेर मन्त्रिपरिषदमा लैजाने बताए । उनले अहिले सरकारले पारित गरेको कार्यविधि स्वनियममा आधारित रहेको दाबी गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार